जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, दुईजना पक्राउ

सर्लाहीमा जेसिबी चालकले एक वडाध्यक्षकै हत्या गरेका छन् । ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका हुन् ।

हत्या आरोपी हरिपुर नगरपालिका-१ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई पक्राउ गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

सर्लाहीका प्रहरी सह-प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार ईश्वरपुर नगरपालिका-३ मा सार्वजनिक पोखरी खनिदैछ । त्यहाँ पुगेका वडाध्यक्ष श्रेष्ठ, ठेकेदार र चालक एकैठाउँमा बसेर खानपिन गरेका थिए ।

खानपिनकै क्रममा विवाद भएर चालकले जेसिबी स्टार्ट गरी बकेटले वडाध्यक्षको टाउकोमा प्रहार गरी हत्या गरेपछि खाल्डोमा हालेका थिए ।

‘घटना विषयमा थाहा पाएलगत्तै त्यहाँ पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठको उद्धार गरी जिल्ला अस्पताल मलंगवा पुर्यायौं’, प्रहरी निरीक्षक गिरीले भने, ‘तर डाक्टरले मृत घोषणा गरे ।’

मृतक वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ । घटनाको मुख्य कारण भने खुल्न सकेका छैन । प्रहरी निरीक्षक गिरीले पक्राउ परेका चालकले गाली गरेपछि विवाद भएको र आवेगमा आएर जेसिबीको बकेटले हानेको बयान दिएका छन् ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले वडाध्यक्ष श्रेष्ठको हत्याको कारण नखुलेको बताए । उनले भने, ‘घटना राति भएको हो । किन भयो ? कसरी भयो ? केहि थाहा छैन । म बुझ्दैछु ।’ नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker