स्याङ्जामा जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु ८

भञ्ज्याङ न्युज

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन् । वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए ।

उपचारका लागि पोखरा पठाइएकामध्ये दुइजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ । मेयर खाँणका अनुसार दुर्घटना हुने गाडीको नम्बर लगायतको विवरण पनि प्राप्त भएको छैन । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । थप विवरण प्राप्त हुँदै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker