बडादसैंको पहिलो दिन आज घटस्थापना

हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन आज घटस्थापना । नवरात्री आरम्भको पहिलो दिन आश्विन शुक्ल पक्ष प्रतिपदालाई घटस्थापना भनिन्छ । आजको दिन दुर्गा भवानीलाई घरघरमा स्थापना गरी जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा र हिन्दु धर्मावलम्बीहरुका घरमा जमरा राख्ने गरिएको छ । आजदेखि नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानापछि दशैंको चहलपहल पनि सुरु हुन्छ ।

दशैंभर हरेक दिन प्रमुख शक्ति पिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी, कालीमाईलगायत देशका अन्य स्थानका शक्ति पिठमा समेत दुर्गा भवानीको पुजा हुन्छ । त्यसैगरी देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरिन्छ ।

शक्तिस्वरूपा दुर्गाभवानीको नौरुप- शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रसिद्ध छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पति मध्ये जमरा पनि एक भएकोले अधिष्ठात्री भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिन्छ । जलपूर्ण घडा -कलश) स्थापना गरी त्यसको वरिपरि नौ देवीको स्वरूपको प्रतिमूर्ति तयार गरी गाईको गोबरले देवीहरुका वेदीलाई लेपन गरिन्छ। घडाको वरिपरि जौको बिज रोपिन्छ ।

जलपूर्ण कलशमा पञ्चपल्लव पातहरु चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले ध्यानपुर्वक पूजा गरिन्छ । दशैंघर, घटस्थापना स्थलमा दुर्गा, सप्तशति, चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । आज नजिकको तीर्थस्थलबाट बालुवा मिसिएको पञ्चमाटो ल्याई वैदिक विधिपूर्वक पञ्चधातु, पञ्चपल्लव, जौ र मकै लगायतका बिजहरु छरेर घटस्थापना गरिन्छ। तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै र्छछन् ।

घटस्थापनाका दिन राखिएको जमरालाई नवमीको नवरात्री पुजा सकेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन टीकासँगै लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । घर शुद्ध भएपछि मात्रै देवीको आगमन हुन्छ भन्ने विश्वासका साथ घटस्थापना अर्थात जमरा राख्नुपूर्व गाउँघरमा भने रातो र कमेरो माटोले तथा सहरमा रङहरुले घर लिपपोत तथा रङरोगन गरिन्छ ।

घटस्थापनाका दिन काठमाडौंको हनुमानढोकामा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गाको पूजा गरिन्छ । घटस्थापनाका दिनदेखि आफ्नो मूलघरबाट टाढा रहेका मानिसहरु दसैं मनाउन आफ्नो घर र्फकन थाल्दछन् । सहरका बसपार्कहरुमा घर फर्किने मानिसको भिड लाग्ने गर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker