भिमादमा विकासको गतिलाई उचाईमा पुर्‍याउन अहोरात्र खट्टिने उम्मेदवार श्रेष्ठको प्रतिवद्धता

भञ्ज्याङ समाचारदाता/भिमाद

भिमाद नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका काजीमान श्रेष्ठले विकासको गतिलाई उचाइमा पुर्‍याउन अहोरात्र खट्टनिे प्रतिवद्धता जनाएका छन् । नगरका सम्पूर्ण आदिवासी जनजाति, दलित, उत्पीडित समुदाय, पिछडिएका महिला, जाती, क्षेत्र र ग्रामीण भूगोललाई बिकाससंग जोडेर सिङ्गो नगर बिकासको गतिलाई उचाईमा पुर्‍याउन आफ्नो सामाजिक राजनीतिक जीवनको ५०औ बर्षको अनुभवलाई पुरै तागतका साथ लगाउने प्रतिवद्धता जनाएका छन् ।

आफुसंग सामाजिक क्षेत्रमा काम गरेका थुप्रै अनुभवहरू रहेको बताउँदै उम्मेदवार श्रेष्ठले स्थानीय निर्वाचन २०५४ मा भिमाद गाविसको अध्यक्षमा निर्वाचित भई भिमाद गाविसको सर्वाङ्गीण विकास गर्ने लक्ष्यलाई पूरा गर्न सफल भएकाले तनहुँ जिल्ला विकास समितीले उत्कृष्ट गाविस तथा गाविस अध्यक्ष घोषणा गरी नगद ५० हजार रुपैयाँबाट पुरस्कृत समेत भएको बताएका छन् ।

यो स्थानीय निर्वाचनमा भिमाद नगरका बासिन्दाले अमुल्य मत दिई नगरप्रमुखमा निर्वाचित गर्नुभएको खण्डमा म पुनः सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्ग, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा र नगरबासीको हरेक असुविधाहरू र समस्यालाई समाधान गर्नका निमित्त आफूलाई पूर्ण उर्जाका साथ लागिपर्ने उनले मतदातासंग प्रतिवद्धता जनाएका छन् ।
यस्तै, उनले आफू विजयी भए सरकारले दिने तलब भत्ता नलिने घोषणा गरेका छन् । चुनावी घोषणापत्रमा नगरप्रमुखका उम्मेदवार श्रेष्ठले अशक्त, अपांग, विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च, गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यन्नको व्यवस्था मिलाइने, अभिभावक नभएका बालबालिकालाई त्यही रकमले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । श्रेष्ठले भिमादलाई नमुना बनाउनलाई गठबन्धन गरेर निर्वाचनमा होमिएको बताए ।

भिमाद नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले गठबन्धन गरेर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा भिड्दैछन् । नगरप्रमुख एकिकृत समाजवादीले र उपप्रमुख कांग्रेसले भागबन्डा गरेका छन् । वडामा राष्ट्रिय जनमुक्ति पार्टीलाई पनि भागबन्डा गरिएको छ । नगरप्रमुख र उपप्रमुखमा आ-आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएपनि वडामा सबैले नेपाली कांग्रेसको रुख चिहृनबाट चिर्वाचनमा होमिने भएका छन् ।

उपप्रमुखका उम्मेदवार मिलन आलेले प्रजातन्त्र नेताका लागि मात्रै भएकाले आफूहरुले जितेमा जनताको लागि प्रजातन्त्र स्थापित गराउने दाबी गरेका छन् । चार ‘ज’ को नीति अवलम्बन गरेर विकास गर्ने आलेले बताए । ‘जल, जमिन, जंगल र जवानीको बहुउपयोग गर्नेछौं ।

गाउँलाई नमुना बनाएर जनताको सुख र सम्मृद्धि लागि काम गर्नेछौँ’, उनले भने, ‘बाँझो जमिन उपयोगको नीति बनाउने, नीजि वन दर्ताको नीति ल्याएर जनतालाई आर्थिक सम्मृद्धिसँग जोड्ने, कृषिमा विचौलियाको प्रभाव रहेकाले किसान सधै मारमा परेकाले विचौलियालाई निर्मम प्रहार गर्दै किसानलाई प्रोत्साहन गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, कृषि, विद्युत, सडक यातायात, सुचना तथा सञ्चार पर्यटन, पेशा व्यवसाय र रोजगारलाई प्राथमिकता दिदै घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा उल्लेख बुँदाहरु सबै कार्यन्वयनमा गर्ने दाबी समेत गठबन्धनले गरेको छ । ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगरी भिमादमा गठबन्धनको सरकार’ नारालाई आत्मासाथ गर्दै गठबन्को टिम चुनावी मैदानमा उत्रिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker