कृषकका गुनासो सुन्दै

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी भानु नगरपालिका-४ खहरेका कृषकको खेतमै पुगेर गुनासो सुन्दै। यहाँका कृषकले गत वर्ष प्रदेश सरकारको सहयोगमा खेत चक्लाबन्दी गरेका र उक्त चक्लाबन्दी कार्यक्रम प्रभावकारी नभएको कृषकको गुनासो रहेको छ ।

स्थानीय कृषकहरुले चक्लाबन्दीलाई एक पटकको सहयोग भन्दा पनि आयोजनाको रुपमा संचालन गर्नु पर्ने, चक्लबन्दीभित्र बाटो निर्माण, कुलो निर्माण/सुधार, कान्लो र गह्रा संरक्षणमा जोड दिनु पर्नेका साथै मेशिन र प्रविधिको प्रयोग गरी उत्पादन बढाउने लगायतका कार्यक्रमलाई ध्यान दिनुपर्ने कृषकको माग र गुनासो रहेको छ।

तस्विर : भञ्ज्याङ










