म्याग्दे गाउँपालिकाका अध्यक्षको पहिलो निर्णय : घर नम्बर प्लेट निःशुल्क प्रदान गर्ने

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले घर नक्सा कायम भएका घरमा निःशुल्क नम्बर प्लेट वितरण गर्ने निर्णय गरेका छन् । एकपटकका लागि घर नक्सा पास भएका घरहरुमा नम्बर प्लेट निःशुल्क वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै उपाध्यक्ष घिमिरेले प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाको कुल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । म्याग्देमा नेकपा एमालेले तीन वडा र कांग्रेसले चार वटा वडामा वडाध्यक्ष जितेका छन् ।

वडा नम्बर १ मा एमालेका मणिभद्र वाग्ले (६९९), वडा नम्बर २ मा कांग्रेसका शिवबहादुर क्षेत्री (८८९), वडा नम्बर ३ मा एमालेका टुकराज अधिकारी (६६१), वडा नम्बर ४ मा कांग्रेसका दीपककुमार श्रेष्ठ (१०३८), वडा नम्बर ५ मा कांग्रेसका शिवबहादुर आले (५७८), वडा नम्बर ६ मा कांग्रेसका हिरालाल गुरुङ (७४२) र वडा नम्बर ७ मा एमालेका उम्मेद्वार वसन्त कुमार श्रेष्ठ (७२२) वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker