लिफ्टिङ खानेपनी आयोजनाको रिजर्भ ट्याङ्की

तनहुँको देवघाट गाउँपालिका–१ मा कालीनदी गोपीटार कोटा लिफ्टिङ आयोजनाको रिजर्भ ट्याङ्की निर्माण गरिदै । स्थानीय बासिन्दालाई सहज र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले देवघाट गाउँपालिकाले एडीबी/लाहुरे कैल जेभीबीच सम्झौता गरी आयोजना निर्माण कार्य अगाडि बढाएको हो । आगामि असार २० गतेभित्र सम्पन्न गर्ने गरी आयोजनाको कुल लागत २ करोड २६ लाख ४८ हजार ४१८ रुपैयाँ ३ पैसा (भ्याट तथा पीएससहित) लागतमा सम्झौता गरिएको छ । आयोजना अन्तर्गत आरभीटी -रिजर्भोयर ट्यांकी) निर्माण, २०० मिलिमिटर तथा १५० मिलिमिटर जीआई हेभी पाइप बिछ्याउने तथा जडान गर्ने, सम्पवेल निर्माण तथा पम्प हाउस र सबमर्सिबल पम्प जडान गर्ने कार्य गरिनेछ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker