लाखेनाचमा तनहुँको छङ्गेली नेवा खल द्वितीय

भञ्ज्याङ समाचारदाता/दमौली

लाखेनाच प्रतियोगितामा तनहुँको छङ्गेली नेवा खल द्वितीय भएको छ । रुपा गाउँपालिका-५ स्थित फेदी नेवा खलले शनिबार आयोजना गरेको प्रतियोगितामा छङ्गेली द्वितीय हुन सफल भएको हो ।

द्वितीय भएको छङ्गेलीले २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गरेको छ । फेदी नेवा खलका अध्यक्ष मोहन जोशीले छङ्गेलीका अध्यक्ष शेरकुमार कायस्थलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा देउराली नेवा खल प्रथम र नेवा खल थर्पु तृतीय भएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो । छङ्गेली नेवा खलले लाखे नाच संरक्षण गर्दै आएको उपाध्यक्ष चन्द्रकुमार कायस्थले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker