अपाङ्गता भएका व्यक्तिहरुलाई तरकारी तथा फलफूल खेतीको लागि आर्थिक सहयोग

भञ्ज्याङ न्यूज

स्वास्थ्य कार्यालय तनहुँको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र (रिसेड) तनहुँले तरकारी तथा फलफूल खेती गर्नकालागि विभिन्न प्रकारका २६ जना अपाङ्गता भएका व्यक्तिहरुलाइ तालिम तथा सहयोग वितरण गरेको छ ।

दमौलीमा आयोजीत एक कार्यक्रममा गण्डकी प्रदेशका सांसद डोवाटे विकले सहयोग सम्बन्धीत व्यक्ति तथा उनीहरुका अभिभावकलाई वितरण गरेका थिए ।

तनहुँका विभिन्न ८ वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिहरुको माग संकलन गरी ११ जनालाई तरकारी खेती, ९ जनालाई कागती खेती, ३ जनालाई केराखेती, २ जनालाई सुन्तला खेती र १ जनालाई अदुवा खेतीका लागि प्रति व्यति ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको बताइएको छ ।

यसरी सहयोग पाएका अपाङ्गता भएका कृषक तथा उनीहरुका अभिभावकहरुले तरकारी तथा फलफूल खेती सम्बन्धी तालिम समेत प्रदान गरिएको रिसेडका महासचिव दामोदर रेग्मीले जानकारी गराए ।

कार्यक्रमबाट सहयोग पाएका व्यास नगरपालिका-१० डिहीगाउँका विष्णुप्रसाद अधिकारीले खुशी व्यक्त गर्दै हामीले तरकारी खेती त अलीअली गरीरहेकै हो तर अहीले थप सहयोग पाएर यसलाई अझधेरै तरकारी खेतीगरी आम्दानीमा बृद्धिगर्ने हौसला प्रदान गरेको छ ।

यस्तै, अदुवा खेतीका लागि सहयोग पाएका घिरिङका डुल बहादुर थापाले आफुले २ रोपनीमा अदुवा खेती लगाउने सोचेको भएता पनि सहयोग पाइने भएपछि अहिले ४ रोपनी क्षेत्रफलमा अदुवा लगाएको र सम्पूर्ण परिवारले त्यसमा सहयोग गरिरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका सुनील लामीछानेले यसरी खेतीगर्ने व्यक्तिहरुलाई अप्ठयारो पनि पर्न सक्ने भएकाले नियमीत अनुगमन र प्राविधिक सहयोग गर्न सम्बन्धित संस्थालाई आग्रह गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker