नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बागमतीलाई हराउँदै त्रिभुवन आर्मीले जित्यो महिला बास्केटबलको उपाधी

भञ्ज्याङ न्यूज

तनहुँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँको दमौलीमा भएको महिला बास्केटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनल प्रतिस्पर्धामा आर्मीले बागमती प्रदेशलाई ४५-३० अंकले पराजित गरी उपाधी आफ्नो कब्जामा पार्न सफल भएको हो ।

प्रतियोगितामा आर्मीले पहिलो क्वाटरमा १०-८, दोस्रो क्वाटरमा १४-७, तेस्रो क्वाटरमा ८-१२ र चौथो क्वाटरमा १३-३ अंक प्राप्त गरेको थियो ।

प्रथम हुने त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी ११ अंक जोडेकी थिइन् । त्यस्तै दोस्रो भएको बागमति प्रदेशबाट अतिशा मल्ल ठकुरीले सबैभन्दा बढी ८ अंक जोडेकी थिइन् ।

यस्तै, सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ४६-२४ अंकले पराजित गरेको छ ।

गण्डकीले पहिलो क्वाटरमा १६-९, दोस्रो क्वाटरमा १०-४, तेस्रो क्वाटरमा १२-७ र चौथो क्वाटरमा ८-४ अंक प्राप्त गरेको थियो । गण्डकी प्रदेशबाट सिमा गरवुजाले सबैभन्दा बढि १९ अंक जोडेकी थिइन् ।

यस्तै, थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरीले हातपारेको छ । सशस्त्र प्रहरीले आर्मीलाई ८-५ अंकले पराजित गर्दै प्रथम भएको हो । सशस्त्र प्रहरीबाट आकृति श्रेष्ठले सबैभन्दा बढि ३ अंक जोडेकी थिइन् ।

यसैगरी गण्डकी प्रदेशले बागमति प्रदेशलाई ११-७ अंकले पराजित गर्दै तेस्रो स्थान हात परेको छ । फुलकोट र थ्री बाई थ्री दुवै प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker