निजामती सेवा दिवसमा तनहुँमा वृक्षारोपण

दमौली : “व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नारासहित मनाइएको निजामती सेवा दिवस २०८२ को अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा बुधबार व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोणको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बिरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेको उल्लेख गरे । डिभिजन वन कार्यालयको सहयोगमा रोपिने बिरुवाको संरक्षणतर्फ कार्यालयले विशेष हेरचाह गर्नुपर्ने उनको भनाइ थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, निमित्त वन अधिकृत शरदकुमार अधिकारी लगायत कर्मचारीहरूको सहभागिता वृक्षारोपण गरिएको थियो ।

यस्तै, तनहुँमा भदौ १८ गतेदेखि २२ गतेसम्म निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन डिभिजन वन कार्यालयको संयोजनमा वृक्षरोपण गरिएको छ भने यही भदौ १९ गते प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयोजनमा डेङ्गी लगायतका संक्रामक रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम, भदौ २० गते कर्मचारी मिलन केन्द्रको संयोजनमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, भदौ २० गते मूल समारोह समितिको संयोजनामा कार्यालय परिसर सरसफाइ, भदौ २१ गते प्रदेश अस्पताल दमौली तथा सामाजिक विकास कार्यालयको संयोजनमा वृद्धाश्रम, असहायक आश्रममा रहेका वृद्धवृद्धाहरूको स्वास्थ्य परीक्षण तथा सहयोग कार्यक्रम हुनेछ ।

भदौ २२ गते मूल समारोह समितिको संयोजनमा प्रभातफेरी, भदौ २२ गते नै प्रदेश अस्पताल दमौली, प्रदेश जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्य शिविर, सोही दिन सेवा निवृत्त कर्मचारीहरूको सम्मान तथा औपचारिक समारोह र सबै कार्यालयहरूमा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम गरिने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker