प्रचण्डले भारतबाट ल्याएको एउटा मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा गएका बेला उपहारस्वरूप पाएको मुर्रा राँगामध्ये एउटा मरेको छ । भारतले नेपाललाई दिएको ७ वटा राँगा पोखरास्थित राष्ट्रिय प्रजनन कार्यालयमा राखिएको थियो । जसमध्ये एक वटाको मृत्यु भएको हो ।

कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार गएको साउन ३० गते नै एकवटा मुर्रा राँगा मरेको हो । उक्त राँगाको पोस्मार्टम समेत गरिएको छ ।

‘एउटा मुर्रा राँगो साउन ३० गते नै मरेको हो । पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मृत्यु भएको देखिएको छ’, उनले भने, ‘अन्य राँगाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । अरू सबै स्वस्थ छन् ।’

मुर्रा राँगा मरेकोबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुसन्धान समेत गरेको थियो । मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको नेतृत्वमा अनुसन्धान टोली खटेको थियो । उक्त टोलीले स्थलगत अनुसन्धान समेत गरिसकेको डा. मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । करिब दुइ वर्ष अगाडी २०८० मंसिरमा भारतबाट ल्याएर सात वटा मुर्रा राँगा पोखरामा राखिएको थियो । बाँकी ५ वटा लहान र बाँकेमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका बेला कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुर्रा राँगो मरेको जानकारी भावुक मुद्रामा मन्त्रीहरूलाई सुनाएका थिए । एक मन्त्रीका अनुसार अधिकारी विभागीय मन्त्रीका रूपमा भएर पनि हुनसक्छ मुर्रा राँगोको निधनमा शोकमग्न देखिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker