बुढीगण्डकीमा ठूलो बाढी, आँबुखैरेनी र देवघाटका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

तनहुँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै तनहुँको त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेकाले तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रका नदी तटीय बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यकताअनुसार सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

त्यस्तै, बाढीसम्बन्धी कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

बाढीको जोखिम कायम रहेकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker