व्यास-४ की वडा सदस्य घर्तीले राजीनामा दिएर चुनावमा होमिइन्

भञ्ज्याङन्युज/दमौली

व्यास नगरपालिका वडा नं ४ की वडा सदस्य वसुन्धरा घर्तीले पदबाट राजीनामा दिएर स्थानिय तहको चुनावमा होमिइएकी छिन् । निर्वाचन आयोगले जनप्रतिनिधिहरुले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो ।

सोही अनुसार नेकपा एमालेको जिल्ला सदस्य समेत रहेकी घर्तीले वडा सदस्य पदबाट राजिनामा दिएर चुनावमा होमिइएकी हुन् । आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहुँकी अध्यक्ष समेत रहेकी घर्ती व्यास नगरपालिकाको उपप्रमुखको दाबेदार हुन् । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको

उपमेयरमा नेकपा एमालेको तर्फबाट घर्ती बलियो उम्मेदवारको रुपमा रहेकी छिन् । विभिन्न संघ संस्था, सामाजिक क्षेत्रमा घर्तीको योगदान अतुलनिय रहेको छ । जनजातीको बहुयता रहेको व्यासमा जनजातीबाट घर्तीले प्रतिनिधित्व गर्ने भएकाले धेरैको सहयोग रहने विश्वास लिइएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker