संगम क्लवको भवनमा तालाबन्दी
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित सफासडकमा रहेको संगम क्लवको भवनमा तालाबन्दी गरिएको छ । २०७३ सालदेखि क्लवका अध्यक्ष मेघराज काफ्लेको कार्यकाल अवधिभरको आर्थिक पारदर्शीता नभएको र क्लवको आर्थिक पारदर्शीता गर्न माग गर्दै क्लवका सदस्यहरुले शनिबार तालाबन्दी गरेका हुन् ।
क्लवको वैशाख ३० गते शनिबार साधारसभा गर्ने भनि केही सदस्यहरुलाई बोलाइएको तर क्लवका कुनै पनि पदाधारीहरु उपस्थिति नभएको भन्दै सहभागि सदस्यहरुले क्लवको प्रशासनीयक कक्षामा तालाबन्दी गरिएको क्लवका पूर्व अध्यक्ष मछिन्द्र देवी श्रेष्ठले बताइन ।
क्लवको भवनमा तालाबन्दी गरेपछि सदस्यहरुले क्लवमा आर्थिक अनियमितता भएको र हालसम्म भए गरेका आर्थिक कारोवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको श्रेष्ठले बताइन ।










