“पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले पहल गर्नुपर्छ”

रासस/गण्डकी

सभामुख देवराज घिमिरेले उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुन नसक्नु दुःखद् भएको बताउनुभएको छ ।

युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा विहीबारदेखि सुरु बाह्रौँ संस्करणको पोखरा महोत्सवको उद्घाटनका क्रममा सभामुख घिमिरेले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जतिसक्दो चाँडो नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले युनाइटेड क्लबको पहलकदमीमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको योजनामा समावेश गर्नुपर्ने धारणा राख्नुभयो ।

सेती नदीलाई पर्यटनसँग जोड्न तीनवटै तहका सरकारको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले युनाइटेड क्लबले सामाजिक काममार्फत जनतालाई सहयोग गरेकोमा प्रशंसा गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker