रिसेडको २०औं साधारण सभा सम्पन्न

भञ्ज्याङ समाचारदाता/दमौली

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको रिसेड तनहुँले शनिबार २०औ साधारण सभा गरेको छ ।

उक्त साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अपाङ्गता समाबेशी निती तथा कार्यक्रम बनाउन आफु संघीय तहमा लागि परेको बताए । उनले सभागृह हललाइ पहुँचयुक्त बनाउन पनि पहल गरिरहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा प्राथमिकता दिन सबै लाग्नुपर्ने बताउँदै अपाङ्गता पहुँचयुक्त भवन निर्माणका लागि सबै अपाङ्गता भएका व्यक्तिहरुले नियमित खबरदारी र राज्यलाई सहयोग गर्नुपर्ने बताए ।

रिसेडका अध्यक्ष पदम बहादुर परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश विष्ट, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष अनिता ढुंगाना, सि.आइ.एल काठमाडौका महासचिव गणेश केसी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा महासचिव दामोदर रेग्मीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा लम्सालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker