विष्फोटक पदार्थ पटाका सहित कोत्रेबाट एक जना पक्राउ
भञ्ज्याङन्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा विष्फोटक पदार्थ पटाका सहित शुक्रबार एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरी साम्सी गाउँपालिका-७ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने २२ वर्षीय नजाव नदाफ रहेको प्रहरीले जनाएको छ ।
जनकपुरदेखि पोखरातर्फजाँदै गरेको ना५ख ६६२१ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले १९० प्याकेट (पाँच हजार ३२० थान) विस्फोटक पदार्थ पटाका बरामद गरेको थियो । बसको क्याविनमा चालक सिट नजिकै राखिएको अवस्थामा चाउचाउको प्याकेटले छोपेर ल्याइएको पटाका नदाफको रहेको पुष्टि भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
निजविरुद्ध शुक्रबार नै विष्फोटक पदार्थ सम्बन्धी कसुरमा तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।










