आँवुखैरेनीको छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा शुरु

आँवुखैरेनी : तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ। नवनिर्मित भवन सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र विस्तारका लागि गरिँदै आएको निरन्तर प्रयासको परिणामस्वरूप उक्त स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुदृढ गरिएको हो। स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गर्ने उद्देश्यअनुसार निर्माण गरिएको भवनबाट अब नियमित उपचार सेवा, प्राथमिक स्वास्थ्य सेवा तथा अन्य आधारभूत सेवाहरू थप व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

नवनिर्मित स्वास्थ्य चौकी भवनले सेवा प्रवाहमा सहजता ल्याउने मात्र नभई स्वास्थ्यकर्मीलाई पनि अनुकूल कार्य वातावरण प्रदान गर्ने विश्वास लिइएको छ । गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुधार, सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिने अध्यक्ष चुमानले प्रतिबद्धता जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker