रोटर्‍याक्ट क्लव दमौलीमा अधिकारी चयन

भञ्ज्याङ समाचारदाता/दमौली

रोटर्‍याक्ट क्लब अफ दमौलीले आगामी वर्षको अध्यक्षमा रबि अधिकारीलाई चयन गरेको छ । शनिवार सम्पन्न क्लबको ४५५औँ नियमित बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
बिगत ८ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल अधिकारीले रोटा वर्ष २०२४/०२५ मा नेतृत्व सम्हालेका थिए । रोटा वर्ष २०१६/०१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थालेका उनले यसअघि कोषाध्यक्ष, क्लब सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
साथै उनी रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने धेरै कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । उनले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरी आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker