आगलागीको क्षतिको विवरण संकलन गर्न समिति गठन

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिकाले वडा नं. ४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण संकलनका लागि समिति गठन गरेको छ । आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण संकलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो ।

नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इन्जिनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

गोदाम, व्यक्तिका घर लगायतमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या. बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दिपक श्रेष्ठको घरमा क्षति पुगेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker