भानुको नगर अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरियो

भञ्ज्याङ न्यूज

कोरोना संक्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । संक्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ शययाको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका-५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो ।

नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको प्रयास उल्लेखनीय रहेको वाग्लेले बताउनुभयो । वाग्लेले भानुले तयार गरेको आइसोलेशन कक्ष सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताउनुभयो । भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रहरी उपरीक्षक अरुण पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी लगायतको सहभागिता थियो । आइसोलेशन कक्षमा शयया थप गर्ने तयारी गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयो। अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।

नगरपालिकामा हाल आठ सक्रिय संक्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टर्राईले जानकारी दिनुभयो । नगरपालिकाले सबै वडामा कोरोना रोगसम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ ।

वडा नं १ का लागि सन्तोष श्रेष्ठ, २ का लागि निर्मला अधिकारी, ३ का जितेन्द्र श्रेष्ठ, ४ का लागि सोविता राना, ५ का लागि डा सुरज श्रेष्ठ र स्मृति भण्डारी, ६ का लागि अञ्जु रानाभाट, ७ का लागि श्रीध्वज गुरुङ, ८ का लागि सुवास देवकोटा, ९ का लागि रश्मा पौडेल, १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, ११ का लागि देवीमाया गुरुङ, १२ का सुमन थापा मगर र सुश्मा गिरी र १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिनुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker