तनहुँमा पूँजीगत खर्च ५४ दशमलव ६३ प्रतिशत

 

जिल्लामा सङ्घीय सरकारबाट प्राप्त विकास बजेट (पूँजीगत खर्च) मध्ये गत आर्थिक वर्षमा ५४ दशमलव ६३ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट विकासका लागि पूँजीगत बजेट रु एक अर्ब ८१ करोड १५ लाख ७० हजार ५९९ प्राप्त भएकोमा रु.९८ करोड ९६ लाख ४७ हजार ३६९ खर्च भएको हो । यो कूल पूँजीगत खर्चको ५४ दशमलव ६३ प्रतिशत हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण विकास निर्माणका कामहरु प्रभावित भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा पूँजीगत खर्चतर्फ ४५ दशमल ३७ प्रतिशत रकम फ्रिज हुन पुगेको तथा चालु खर्चतर्फ ९४ दशमलव ६५ प्रतिशत प्रगति भएको पनि उहाँले बताउनुभयो । “अधिकांश विकास बजेट असारमा खर्च भएको छ”, उहाँले भन्नुभयो “असारमा मात्रै सङ्घतर्फबाट विनियोजित पूँजीगत खर्चतर्फ रु ३७ करोड ८९ लाख ९० हजार ३५२ खर्च भएको छ ।”

काम सम्पन्न पश्चात मात्रै भुक्तानी दिने र कोरोना भाइरसका कारण विकास निमार्णको कार्य प्रभावित भएकाले असार महिनामा बढी खर्च भएको हो । असार महिनामा सङ्घतर्फको बजेटमध्ये झण्डै २१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ७७.९५ प्रतिशत खर्च

जिल्लामा गण्डकी प्रदेश सरकारबाट प्राप्त विकास बजेट खर्च पनि सन्तोषजन नरहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षका लागि प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ७७ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्ष प्रदेश सरकारबाट रु एक अर्ब ७५ लाख ९९ हजार ८५४ प्राप्त भएकोमा असारमा मात्रै रु ७९ करोड ६६ लाख ९३ हजार ६८९ खर्च भएको छ । प्रदेशतर्फबाट विनियोजित पूँजीगत खर्चतर्फ असार महिनामा मात्र ४५.५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker