आइतवारदेखि वर्षा र हिमपातको सम्भावना

आगामि आइतवारदेखि तीन वटा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दो क्रममा रहेको र आइतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली भए तत्कालै काटेर सुरक्षित गर्न मौसमविद्को सल्लाह छ ।

मौसमविद् विभूति पोखरेलकाअनुसार आज देशका धेरै ठाउँमा मौसम सफा छ भने भोलि पनि मौसम यस्तै रहने अनुमान छ । आज र भोलि एक/दुई ठाउँमा हल्का वर्षा भए पनि मौसममा ठूलो परिवर्तन हुने छैन । तर पर्सिदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउन सक्ने मौसमविद् पोखरेलले बताउनुभएको छ ।

आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली थोरै ठाउँमा पानी पर्ने अनुमान छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म पनि विस्तार हुन सक्ने मौसमविद् पोखरेलले बताउनुभयो ।

त्यस्तै बागमती र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान महाशाखाको छ । केही ठाउँमा असिना, मेघगर्जन र चट्याङको सम्भावना छ ।

यसबाट विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति हुन सक्ने भएकाले किसानलाई चनाखो रहन र पूर्वतयारीसहित भित्र्याउन मौसमविद्को सुझाव छ । ठूलो पानी पर्ने सम्भावना नरहेको तर मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने मौसमविद् पोखरेलले बताउनुभयो ।

पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो गतिमा एक ठाउँबाट अर्को ठाउँतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले केही छिन पानी परेर रोकिने गर्छ । असिना पनि सीमित ठाउँमा पर्ने हुन्छ ।

मौसमविद् पोखरेलले मौसम पूर्वानुमान तथा परामर्शबारे नियमित अद्यावधिक रहन पनि आग्रह गर्नुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker