दमौलीमा ४० बटुकहरुको सामुहिक व्रतबन्ध

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास परासर क्षेत्रमा पराशर आश्रम संरक्षण समिति र गाउँ सेवा कोषले संयुक्त रुपमा सोमबार चालिस जना बटुकको सामुहिक ब्रतबन्ध गरेको छ । व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराशर मन्दिरमा बैद्धिक बिधी अनुरुप नौ जना पण्डित राखेर सुलभ खर्चमा सामुहिक ब्रतबन्ध कार्यक्रम गरिएको हो ।

प्रत्येक बुटकसंग पाँच सय पाँच रुपैयाँ शुल्क लिएर ब्रतबन्ध गरिएको पराशर आश्रम संरक्षण समितिले जनाएको छ । बटुकका आफन्तहरु सहित करिब दुइ सय जनाको सहभागिता रहेको पराशर आश्रम संरक्षण समितिले जनाएको छ ।

जगियामा बस्दा बटुकले लगाउने कपडा, कपाल खौरिने ब्लेड, पैयूको लठ्ठी र बटुकका आफन्जनहरुलाई निःशुल्क भोजनको समेत समितिले व्यवस्था गरिएको थियो । ब्रतबन्धमा सबै बटुकका अभिभावकको भूमिकामा रहि मुल कर्ता समितिका सदस्य समेत रहेका भाग्यशाली ढुङ्गनाले गरेका थिए ।

संस्कार संस्कृतिको संरक्षण गर्दै फजुल खर्च हुनबाट रोक्न सामुहिक ब्रतवन्धको आयोजना गरिएको समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले बताए । कर्म गर्दै जाने र फजुल खर्च घटाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । उनले भने ‘समाजमा यस्ता कार्य बढि खर्चिलो र भडि्कलो बन्दै गएकोले त्यसलाई न्यूनिकरण गर्न यो विधी अपनाइएको हो ।’

समाजमा बिवाह, ब्रतबन्ध लगायतका कार्यमा अन्धाधुन्धा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सामुहिक ब्रतबन्धको आयोजना गरिएको गाउँ सेवा कोषका केन्द्रीय अध्यक्ष श्याम सुन्दर अधिकारीले बताए ।

ब्रतबन्धमा रामप्रसाद पौडेल मूल गुरु रहेका थिए भने श्रीप्रसाद भट्टराइ, टिकाराम न्यौपाने, प्रकाश तिमिल्सेना, नवराज खनाल, दीपक अधिकारी, शिशिर गौतम, झलक सुवेदी र महेन्द्र घिमिरे सहायक गुरु रहेर सामुहिक ब्रतबन्ध कार्य सम्पन्न गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker