भुजेल विद्यार्थी मञ्च तनहुँको अध्यक्षमा पिङ्कि
भञ्ज्याङन्यूज

तनहुँ भुजेल विद्यार्थी मञ्चको दोश्रो अधिवेशनबाट पिङ्कि भुजेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा थमन भुजेल, सचिवमा संचिता भुजेल, सहसचिवमा रिया घर्ती र कोषाध्यक्षमा जोन भुजेल चयन भएका छन् ।
यस्तै, मञ्चको सदस्यमा अन्जु भुजेल, कमल भुजेल, दिलिप भुजेल, प्रमिशा भुजेल, अनु भुजेल, अनामिका भुजेल, शुष्मा भुजेल, ऋषि भुजेल, अधिषेक भजेल र रेशु घर्ती चयन भएका छन् ।
पृथ्वी भुजेलको अध्यक्षतामा आयोजित अधिवेशनमा भुजेल महिला समाजका केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, भुजेल समुदायका अग्रजहरु रेशम भुजेल, वीर बहादुर भुजेल, मन बहादुर भुजेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।










