बीपी राजमार्गमा बस दुर्घटना : सात जनाको मृत्यु, १५ घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १५ जना घाइते भएका छन्। दुर्घटनाको पुष्टि काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन बिष्टले गरेका छन्।

प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी मृतक तथा घाइतेहरूको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker