भिमादको लिलिङकोटमा प्लाष्टिकजन्य फोहोरको थुप्रो

भिमाद : तनहुँको भिमाद नगरपालिका–१ स्थित हुक्का डाँडा अर्थात् लिलिङकोटमा फोहोर व्यवस्थापन हुन नसक्दा पर्यटकीय क्षेत्रको सौन्दर्यमा असर परेको छ । पर्यटक तथा स्थानीयले प्रयोग गरेका सामग्रीबाट निस्किएको प्लाष्टिकजन्य फोहोर उचित व्यवस्थापन नहुँदा डाँडामै थुप्रिएको हो ।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको लिलिङकोटमा प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरणमा समेत असर पर्न सक्ने स्थानीयले गुनासो गर्न थालेका छन् । पर्यटकीय क्षेत्रमा उत्सर्जन हुने फोहोरलाई नियमित रूपमा संकलन गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने भएपनि सम्बन्धित निकाय तथा सरोकरवलाले ध्यान दिएका छैनन् ।

नगरपालिका तथा स्थानीयले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने भएपनि त्यो हुन नसक्दा लिलिङकोट क्षेत्रमा प्लाष्टिकजनय फोहोरको थुप्रो बढ्दै जान थालेको छ । आवश्यकताअनुसार सुरक्षित स्थानमा खाल्डो निर्माण गरी फोहोर व्यवस्थापन गर्ने वा अन्य उपयुक्त विधि अपनाउन तर्फ ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।

पर्यटक भित्र्याउने पूर्वाधारसँगै स्वच्छता पनि पर्यटनको आधार हो । त्यसैले लिलिङकोटमा थुप्रिएको फोहोर तत्काल हटाई नियमित संकलन र व्यवस्थापनको स्थायी व्यवस्था गर्नुपर्छ । ‘भोलि गरौँला’ भन्ने प्रवृत्तिले पर्यटकीय गन्तव्यको आकर्षण जोगिँदैन–स्थानीय र सम्बन्धित निकायले अहिले नै कदम चाल्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker