पालिकाबाट दिइने सेवालाई सहज बनाउन आँवुखैरेनीको प्यूघरमा सेवा कार्यालय

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडाबाट प्रदान गरिने सेवालाई पनि थप सहज र नागरिकमैत्री बनाउने उद्देश्यले वडा नं. ६ को प्यूघरमा सेवा कार्यालयको शुभारम्भ गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले सोमबार एक कार्यक्रमका बीच वडा नं. ६ को प्यूघरमा सेवा कार्यालयको सेवा शुभारम्भ गरेका हुन् ।
उक्त सेवा कार्यालयबाट हप्तामा दुई दिन स्थानीय जनतालाई सेवा दिने गरी कार्यालय सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले भने, ‘जनताले सहज र सरल तरिकाले सेवा पाउनुपर्छ भन्ने मान्यता हाम्रो रहेको र जनप्रतिनिधि जनताका शासक नभइ सेवक भएकाले जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नुपर्छ ।’
‘प्यूघर क्षेत्रका बासिन्दालाई वडा नं. ६ को हिलेखर्कसम्म सेवा लिन पुग्न अप्ठ्यारो परिरहेको हुँदा सहज र छिटो सेवाहरू उपलब्ध गराउन सेवा कार्यालय खोलिएको हो’, उनले भने, ‘सेवा कार्यालयले जनतासँगको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने हामीले विश्वास लिएका छौ ।’
यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था मिलाएको वडा अध्यक्ष दिलीप गुरुङले बताए। उनले भने, ‘प्यूघर क्षेत्रका बासिन्दा वडा कार्यालयसम्म सेवा लिन आउन निकै समस्या भइरहेको थियो । त्यसैलाई ध्यान दिएर यो कार्यालय खोलिएको हुँदा हाम्रो प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिन रूपमा सेवा दिने हो ।’
वडा कार्यालयको केन्द्र हिलेखर्क जान प्यूघरफाँट क्षेत्रका बासिन्दाले समस्या झेल्दै आएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको वडा अध्यक्ष गुरुङले जानकारी गराए। उनले भने, ‘जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रुपमा जनताले सेवा पाउने व्यवस्था गरेका छौ ।’
सेवा कार्यालय शुभारम्भका अवसरमा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालय, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker