डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा र छैटौं निर्वाचनबाट आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।
सहकारीको छैठौं निर्वाचनबाट राम कुमार पियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमिति आगामी चार वर्षका लागि सहकारीको जिम्मेवारी सम्हाल्ने छ ।
उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य अजय नारायण पिया, अध्यक्ष राम कुमार पिया, बन्दीपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ र कानुनी सल्लाहकार ऋषिराम अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १७ करोड ६० लाख ८९ हजार १४५ रुपैयाँको कारोबार गर्दै १९ लाख ८४ हजार ८८० रुपैयाँ नाफा कमाएको जानकारी दिइयो ।
सहकारीमा २ हजार ६३८ जना सेयर सदस्य रहेका छन्। यस अवसरमा उत्कृष्ट र नियमित बचत तथा ऋण कारोबार गर्ने ५ जना सदस्यलाई पुरस्कृत गरिएको थियो। साथै, ९० वर्षका ज्येष्ठ नागरिक सदस्य दधिराज विक र भिमप्रसाद श्रेष्ठलाई सम्मानित गरिएको छ ।
सहकारीका अध्यक्ष राम कुमार पियाले आगामी दिनमा सदस्य र समुदायको हितलाई मध्यनजर राखी आर्थिक सुशासनका मूल्य मान्यताहरूको पालन गर्दै संस्थाको कार्य संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker