उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्व समापन (फोटोफिचर)

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा निर्माण गरिएको छठ घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गर्दै श्रद्धालु भक्तजनहरु ।

आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने छठ पर्वमा आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी समापन गरिने छ ।

भारत तथा तराईका विभिन्न जिल्लाबाट आएर तनहुँमा बसोबास गर्दै आएका परिवारले यहाँका नदी किनारमा छठ घाट सजाएर छठी माईको पूजाअर्चना गरेका छन् ।

छठ पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धसंग मनाइने यो पर्व चार दिनसम्म मनाइने प्रचलन छ । यस पर्वको पहिलो दिन व्रतालुले नुहाएर छठ पूजाको विधि सुरु गर्छन् ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्वको समापन गरिन्छ ।

तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker