गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौं : स्वास्थ्यमन्त्री पौडेल

दमौली : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन सरकार लागिपरेको बताएका छन्। शनिबार गृहजिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन आइपुगेका मन्त्री पौडेलले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए ।
‘स्वास्थ्य बीमाको पहुँच र रकमको वृद्धि गरी उपचारमा सहजता कायम गर्ने तयारी भइरहेको छ’, उनले भने, भने, ‘बिरामीको जीवन रक्षामा मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार रोकिन अवस्था रहदैन ।’
स्वास्थ्य बीमालाई एक लाख रुपैयाँबाट वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याउन स्रोत व्यवस्थापनमा सरकार लागेको बताउँदै मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई पाँच लाख रुपैयाँ पुर्‍याउँछौँ मात्र भनेका होइनौँ, कसरी स्रोत जम्मा गर्ने भन्ने विषयको गृहकार्य गरिरहेका छौँ, मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने प्रक्रियामा अगाडि बढिसकेका छौँ ।’
निजी संस्था र नागरिकबाट उठ्ने करको केही रकम बीमा कोषमा ल्याउने तयारी भएको बताउँदै उनले भने, ‘जटिल रोग लागेका बिरामीलाई एक लाख रुपैयाँले उपचार सम्भव हुँदैन, जसले गर्दा बीमाको रकम वृद्धि गरी पाँच लाख पुर्‍याउने योजना तयार भएको हो । स्वास्थ्य बीमाको स्रोत व्यवस्थापनमा नागरिक, सरकार, विभिन्न संघसंस्थाको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने छ ।’
‘नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्न लागिएको छ। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव पाँच प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छ’, मन्त्री पौडेलले भने, ‘बीमाको प्रतिवेदन आइसकेको छ, कार्यान्वयनमा लैजान तयारी गरिरहेका छौ ।’
१४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयनमा आइसकेको बताउँदै उनले भने, ‘सरकार स्वास्थ्य सेवाप्रति गम्भीर रहेको छ । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्काघातका बिरामीलाई निःशुल्क औषधिको व्यवस्थापन गर्न लागिएको छ ।’
यस्तै, उनले राष्ट्रिय गौरवलाई समेट्ने गरी नयाँ परियोजना ल्याउन आवश्यक रहेको बताएका छन् । तनहुँ जलविद्युत् र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाहेक अन्य नयाँ परियोजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।
दमौली अस्पतालको विकासका लागि जग्गा विवाद समाधानका निम्ति अबको मन्त्रिपरिषद् बैठकमा छलफल अगाडि बढाउने तयारी भएको बताउँदै उनले मन्त्रिपरिषद्बाट समस्या समाधान गरी आगामी आर्थिक वर्षमा दमौली अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन बजेटको व्यवस्थापनमा पहल गर्ने प्रतिवद्धता जनाए । सरकार सुधारिएको स्वास्थ्य क्षेत्र बनाउने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य क्षेत्रको सेवा सहज र सरल बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker