तनहुँको म्याग्देमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धी अभिमुखिकरण कार्यक्रम
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले वडा वडामा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । नेपाल सरकारको वाषिर्क कार्यक्रम अन्तर्गत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाइसराइ, सम्वन्ध विच्छेदको वारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
वडका १० वटा टोलको अध्यक्ष, उपाध्यक्ष र सचिव गरि कुल ३० जना सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताको विषयमा जानकारी गराइएको वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्लेले जानकारी गराए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुँदा सरकारले नागरिकलाई पूर्णरुपमा सेवा दिईने बताए । प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुँदा यो सप्ताहव्यापी कार्यक्रममा सबैले सहयोग गर्नुपर्ने वताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित वहादुर राना लगायतले व्यक्तिगत घटना दर्ता अनिर्वाय रहेको हुँदा यस तर्फ सबैले ध्यान दिनुपर्ने बताए ।










