तनहुँ बस दुर्घटना अपडेट : पोखरामा पोस्टमार्टम गरेर शव बुझाइने

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ । शव पोखरा ल्याउने तयारी भइरहेको उनले बताए ।

तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा ल्याउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker