भानुको प्रशासनिक काम फुस्रेटारबाट सञ्चालन गर्न ध्यानाकर्षण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाको प्रशासनिक काम वडा नं. २ स्थित फुस्रेटारबाट संचालन गराउन ध्यानाकर्षण गराइएको छ।
भानु नगरपालिका स्थान्तरण विरुद्धको संघर्ष समिति तनहुँले बुधबार नगरप्रमुख आनन्दराज त्रिपाठीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अबको १५ दिन भित्र सम्पूर्ण प्रशासनिक कार्य फुस्रेटारबाटै सञ्चालन गर्न भनिएको छ ।
संघर्ष समितिका संयोजक भक्त बहादुर कुंवरले ध्यानाकर्षण पत्र बुझाउँदै भान नगरपालिकाको केन्द्र विवादको विषयलाई सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७/०६/१६ गतेको अन्तरिम आदेशमा नगरकार्यपालिकाको कार्यालय फुस्रेटारबाटै सम्पूर्ण प्रशासनिक कार्यलय चलाउनु भनि आदेश भएको अवस्थामा घुमाइ फिराइ सेवा प्रवाहको कार्यालय भनेर शहरी विकासको कार्यालय वडा नं. १ भन्सारबाट भइरहेको हुँदा १५ दिन भित्र सम्पूर्ण प्रशासनिक कार्यलय वडा नं. २ को फुस्रेटारबाटै सञ्चालन गर्न भनिएको छ ।
संघर्ष समितिले यो मितिसम्म अटेर गरेमा संघर्ष समितिको बैठकको निर्णय अनुसार बाध्य भै संघर्षको थप कार्यक्रम गरिने समेत भनिएको छ ।










