बैरेनी जग्गा एकीकरण आयोजना ७५ प्रतिशत, कार्यान्वयनमा तीव्रता

दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजनाले कार्यान्वयन इकाई कार्यालय उद्घाटनसँगै गति लिएको छ। हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यालय उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने लक्ष्यका लागि आयोजना महत्वपूर्ण भएको बताए । उनले व्यवस्थित सहरीकरणमार्फत नागरिकको जीवनस्तर सुधार गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले दीर्घकालीन सहरी विकासका लागि जग्गा एकीकरण प्रभावकारी माध्यम हुने बताइन्। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले आयोजना नगरको गौरवको योजना भएको उल्लेख गर्दै पारदर्शिता र समयमै सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।

वडा नम्बर १० का निवर्तमान वडा अध्यक्ष तथा नगर विकास समितिका सदस्य तुलसीराम सापकोटाले स्थानीयको सक्रिय सहभागिताविना यस्तो योजना सफल हुन नसक्ने बताए ।

आयोजना प्रमुख इन्जिनियर रविन्द्रलाल मूलका अनुसार बाँकी कामलाई अब तीव्र गतिमा अघि बढाइनेछ। कार्यक्रम वडा नम्बर १० का अध्यक्ष खेमराज पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो। सो अवसरमा वडा नम्बर २ का अध्यक्ष काशीराम श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

उपभोक्ता समितिका अध्यक्ष श्रीराम कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमले बाँकी काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker