चट्याङ लागेर कास्कीको अन्नपूर्णमा २ जनाको मृत्यु

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ । मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो १ बजेको समयमा परेको चट्याङले उनीहरुो मृत्यु भएको हो । करीव २८ सय मिटरको उचाईमा उनीहरुले बाटो बनाउने काम (पदमार्ग) गरिरहेका थिए । उक्त स्थानमा बाटोको काम आइतबारबाटै सुरु भएको थियो । काममा ९ मजदुर खटिएका थिए । अन्य ७ जना भने सकुशल रहेका छन्

मृतकको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली पठाइएको डिएसपी शर्माले बताए । पानीसँगै हिउँ परेकाले शव हिउँले पुरेको अवस्थामा रहेको जनाइएको छ । घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झण्डै चार घण्टाको दुरीमा पर्छ । उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम हुदै थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker