मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छु : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

बडादसैँको आठाँै दिन आज मनकामना मन्दिरको दर्शन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताउनुभएको हो ।

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उहाँले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताउनुभयो । “मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,” उहाँले भन्नुभयो ।

सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गतेदेखि खुल्ला गरिएको हो । प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजाराँै भक्तजन बर्सेनि यहाँ पुग्छन् । पूजाआजा गर्दछन्, बलि दिन्छन् र परेवा उडाउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker