हत्या गरेर फरार रहेका तीन जना अभियुक्त पक्राउ

दमौली : नयाँ वर्षका दिन तनहुँमा एक ब्यक्तिको हत्या गरी फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मंगल गिरीको हत्या अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–७ टुडा बस्ने २१ वर्षीय अमन गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने १८ वर्षीय रुपेश क्षेत्री र व्यास नगरपालिका–१२ छिर्कने बस्ने १८ वर्षीय विजय गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
निजहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको थापाले बताए ।
गत वैशाख १ गते बिहान ६ः३० बजे शुक्लागण्डकी नगरपालिका–७ टुडा जाने बाटोमा टाउकोमा चोट लागि मृत अवस्थामा गिरीको शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घटनासम्बन्धमा अनुसन्धान सुरु गरेकामा मृतकको पहिचान खुलेको थियो ।
प्रहरी नायब उपरिक्षक थापाले भने, ‘पक्राउ परेकाहरुले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएकाले निजहरुलाई पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएका छौ ।’
नयाँ वर्षको अघिल्लो रात गुरुङ्ग सहितक अभियुक्तहरु मृतक गिरी कार्यरत रहेका एक होटलमा मदिरा सेवन गरेर फर्किरहेका थिए । सोही समय मृतक गिरी गीत गाउँदै आएको देखेपछि मदिराको तालमा जिस्काउने क्रममा दुई पक्ष बिच भनाभन भएको बताइएको छ ।
भनाभनको स्थिति तनावपूर्ण बनेपछि गिरिलाई उनीहरुले कुटपिट र ढुँगा प्रहार गरी हत्या गरेका थिए । गिरीको राति नै कुटपिटबाट निधनभएको अनुमान प्रहरीको छ । सोमबार विहान गिरीलाई टाउको र अनुहारमा गहिरो चोट सहित मृतअवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गिरी खैरेनीटारकै एक होटलमा दुईहप्ता अघिदेखि काम गर्दै आएको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker