डुम्रेमा विविध साँस्कृतिक कार्यक्रम गरिदै

डुम्रे : तनहुँको डुम्रेमा बिगतका वर्ष जस्तै यस वर्ष पनि विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम गरिने भएको छ । डुम्रे सांस्कृतिक तथा सामाजिक संरक्षण समितिको आयोजना र डुम्रे क्षेत्रका विभिन्न संघ–संस्थाको सहआयोजनामा यही साउन ३१ देखि भाद्र १० गतेसम्म कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

समितिका अनुसार लोपोन्मुख कला–संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले जात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । यसअन्तर्गत विभिन्न झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको खाना महोत्सव, सामग्रीमा विशेष छुटसहितको खरिद–बिक्री, श्रावण ३१ गते रोपाईँ जात्रा विशेष कार्यक्रम, भाद्र १ गते दही जात्रा, भाद्र १० गते तीजको दिन खुला तीज गीत प्रतियोगिता तथा लाखे नाच प्रदर्शन गरिने भएको छ ।

कार्यक्रमको सफल सञ्चालनका लागि डुम्रे सांस्कृतिक तथा सामाजिक संरक्षण समिति २०८२ पुनःगठन गरिएको छ । राजेन्द्र पियाको अध्यक्षतामा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष मुना श्रेष्ठ, सचिव महेन्द्र शाही, कोषाध्यक्ष सन्तोष थापा तथा सदस्यहरू राजकपुर पिया, हेमलाल भिके, बिक्की गुरुङ, सुजन श्रेष्ठ, दानु आले मगर, तारा पिया, सुनिता श्रेष्ठ, शिवकुमार श्रेष्ठ र निवर्तमान अध्यक्षमा घनश्याम श्रेष्ठ रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker