विश्व मानसिक स्वास्थ्य दिवसमा परामर्श

भञ्ज्याङ समाचारदाता/दमौली

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोसिस) तनहुँले सर्वसाधारणलाई परामर्श दिएको छ । कोसिसले सोमबार व्यास-३ अनशन चौतारीमा परामर्श केन्द्र स्थापना गरी सर्वसाधारणलाई परामर्श दिएको हो ।

मानसिक स्वास्थ्यसम्बन्धी आमनागरिकलाई सचेतना जगाउने उद्देश्यले सर्वसाधारणलाई खुला स्थानमा परामर्श तथा सचेतना गराइएको कोसिसका कल्याण बन्धु वाग्लेले बताए । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति हुने सामाजिक अवरोधहरु हटाउन समुदाय सचेतीकरण एवं सशक्तिकरणका कर्यक्रम गर्दै आएको कोशिसका कार्यक्रम संयोजक महेन्द्र आचार्यले बताए ।

गण्डकी प्रदेशको तनहुँ लगायत लमजुङ, गोर्खा र कास्कीमा कोसिसले सेवा प्रवाह गरेको छ भने देशैभरका १६ जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र प्रवर्द्धन गर्ने कार्य गरिरहेको आचार्यले बताए । मानसिक समस्या भएका व्यक्तिलाई मनोविद आरती अधिकारी र सीता भण्डारीले मनोपरामर्श दिंदै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker