कोरोना सङ्क्रमणबाट काभ्रेमा पत्रकारसहित दुईको मृत्यु

कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष छन् ।

मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । उहाँको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताउनुभयो । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस्’ रोगपीडित चौलागाईमा कोरोना सङ्क्रमण देखिए पनि हप्ता दिनअघि सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो। “चौलागाईको रिपोर्ट नेगेटिभबारे जानकारी छैन तर उहाँको निधन कोरोना सङ्क्रमणका कारण भएको हो” उहाँले भन्नुभयो ।

हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । आज पाँच सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६०६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १०३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २१६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक सङ्क्रमित रहेका छन् ।

यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ९० र होम आइसोलेशनमा ३९२ उपचाररत रहेको पोष्टले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker