बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट १० कर्मचारी सम्मानित

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाले बुधबार आयोजना गरेको आ.व. २०८१/८२ को सार्वजनिक सुनवाई तथा आ.व. २०८२/८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोहका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा पर्यटन शाखा प्रमुख सुरोज भट्टराई, रोजगार शाखाका शरणसिँ गुरुङ, शिक्षा, युवा तथा खेलकुद शाखाकी सिर्जना अधिकारी, आर्थिक प्रशासन शाखाका लेखापाल गगन थापा, महिला तथा बालबालिका शाखाकी कविता पौडेल न्यौपाने, प्राविधिक शाखाका दिपक महतो, वडा नं. २ की वडा सचिव सविना पोख्रेल, वडा नं. ६ का वडा सचिव ललन साह रौनियार, कार्यालयका कर्मचारी मीना रानाभाट र तिल कुमारी थापा रहेका छन् ।

उनीहरूले सेवा प्रवाह, विकास निर्माण तथा समग्र गाउँपालिकाको उन्नयनमा पु¥याएको प्रभावकारी योगदानको आधारमा सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
यस अवसरमा गाउँपालिकाले कृषि र उद्यम क्षेत्रमार्फत गाउँमा उल्लेखनीय योगदान पु¥याउने उत्कृष्ट कृषक तथा युवा उद्यमीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।










