बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द (बैतडी) : बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–२ पिणेगोदाका ३० वर्षीय यज्ञसिंह धामीले अन्दाजी ३४ वर्षीय बेलमती धामीको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।

आइतबार राति ११ बजेतिर घरमा सुतिरहेको अवस्थामा नै घाँटीमा बञ्चरो प्रहार गरी बेलमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो । “मृतक बेलमती यज्ञकी आफ्नै काकी हुन्, उनको घाँटी र मुखमा बञ्चरो प्रहार गरिएको छ”, उहाँले भन्नुभयो, “घटना के कति कारणले भएको हो अनुसन्धान भइरहेको छ ।”

हत्या गर्ने यज्ञसिंह हुलाकका अतिरिक्त कर्मचारी हुन् । कैलालीमा रहेका उनी यही भदौ १९ गते मात्रै घर आएका आफन्त जयसिंह धामीले जानकारी दिनुभयो । चार दिनपहिले मात्रै घर आएका उनले यसअघि आफ्नै आमालाई समेत कुटपिट गरेको आफन्तले बताएका छन् ।

“चार दिनपहिले मात्रै घर आएका थिए, आएकै दिन आफ्नै आमालाई समेत हातपात गरेका हुन्, हिजो त आफ्नै काकीलाई बञ्चरोले घाँटीमा हिर्काएर घरभित्रै मारिदिए”, जयसिंहले भन्नुभयो । मृतकका श्रीमान्को यसअघि मृत्यु भएको थियो । बेलमतीका चार छोरी र एक छोरा छन् । शवपरीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । हत्या गर्ने यज्ञलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker