निर्वाचन कार्यालय तनहुँद्वारा मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला निर्वाचन कार्यालय तनहुँले मतदाता नामावली अद्यावधिक (दावी विरोध) सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । कार्यालयले विहीबार दमौलीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी जिल्ला स्थित सरोकारवालाहरुसंग अन्तक्रिया गरेको हो ।

भदौ १२ गतेबाट सुरु हुने मतदाता नामावली आद्यवाधिक (दावि बिरोध) कार्यक्रम १९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । सो समयमा प्रकाशित मतदाता नामावली हेरेर दावि विरोधका लागि मतदाताले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, स्थानीय तहको केन्द्र र वडा कार्यालयमा निवेदन दिन पाउने ब्यवस्था रहेको निर्वाचन अधिकारी हर्रि्रसाद ढकालले बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी ढकालले मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालनको उद्देश्य, कार्यक्रम सञ्चालन अवधि, सम्पादन गरिने कार्य र दाबी बिरोधका लागि स्थानीय तहमा पठाइएको मतदाता संख्याका बारेमा जानकारी गराएका थिए ।

आयोगले तयार गरेको फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो विवरण हेर्न एवं अद्यावधिक गर्नका लागि सहज पहुँच प्रदान गर्ने, मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको नाम हटाउने, नामावलीमा नाम त्रृटि भएकाको नाम सञ्चाउने लगायतको उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

सोही अवसरमा ढकालले निर्वाचनका लागि मतदाता स्थल पुनरावलोकन, मतदाता नामावलीमा नाम दर्ता र ठाँउ सारीको काम सकेर अन्तिम मतदाता नामावलीका लागि अद्यावधिक तथा दाबि विरोधको प्रक्रिया सुरु हुने चरणमा पुगेको बताए । अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले दावि विरोधको समयमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, पत्रकार लगायत सबैले सहयोग गर्न आग्रह गरे ।

साथै निर्वाचनलाई निपष्क्ष र धांधलीरहित बनाउन सबैको भूमिका उत्तिकै महत्वपुर्ण हुने वाग्लेको भनाइ थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतले निर्वाचन विश्वसनीय बनाउन मतदाता नामावलीलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker