पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

तनहुँ : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण सम्पन्न भएको छ । पोखराको सेती पुल भने निर्माणाधीन छ। उक्त पुलको भौतिक प्रगति ५८.३७ प्रतिशत पुगेको आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुल रसुवा कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जग र टावर निर्माण पूरा भइसकेको प्रमुख कुँवरले बताए ।

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएपछि पुल निर्माणका लागि आगामी वैशाखसम्म म्याद थप भएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला, कास्कीको कोत्रेखोला र विजयपुर खोलामा पुल निर्माण सकिएको हो ।

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड -जामुने–मुग्लिन)को काम सकिएको छ । कास्कीको सेती पुलदेखि तनहुँको जामुने जोड्ने पश्चिम खण्डमा पनि सडक विस्तार तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ ।

पश्चिम खण्डका प्रमुख कुँवरका अनुसार सडकतर्फको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तिय प्रगति ६२.२० प्रतिशत पुगेको छ । कुल ३८.७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ। कुल ३६.३२ किमिको सर्भिस लेनमा हालसम्म १७.६६ किमी कालोपत्र भइसकेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker