सीपमूलक तालिमका सहभागिलाई प्रमाणपत्र

तनहुँको म्याग्दे गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम-मेड्पा) अन्तर्गत वडा नं. १ गुणादीमा महिलाहरूका लागि सञ्चालन गरिएको सातदिने क्रिस्टलका गहना तथा सजावटका सामग्री बनाउने सीपमूलक तालिममा सहभागिहरु । तालिममा सहभागी महिलाहरूलाई क्रिस्टलका विभिन्न गहना, सजावटी सामग्री तथा हस्तकलाका वस्तु निर्माणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो । तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा अन्य वक्ताहरूले तालिमबाट महिलाहरू आत्मनिर्भर बन्ने, स्वरोजगार सिर्जना हुने तथा घरेलु उद्यममार्फत आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । तस्विर : भञ्ज्याङ










