बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि मंसिर १० गतेदेखि ‘छैठौं बन्दीपुर महोत्सव’

बन्दीपुर : पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको  प्रवर्द्धन: स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाइ सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्यस्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरु एवं प्रचुर सम्भावना बोकेका पर्यटकीयस्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुुन्द सेन दरबार तथा मार्ग, टँुडिखेल, रानीवनको भ्रमण गराइने उहाँले बताउनुभयो ।

महोत्सवका क्रममा सहासिक पर्यटन खेलहरु चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङिको मज्जा लिन सकिने उहाँको भनाइ छ ।

महोत्सवमा व्यापारिक सामग्रीका ७९, विभिन्न घरेलु तथा हस्तकलाका तीन, कृषिउपजका दश, सेवामूलक संस्थाको एक, होटल रेष्टुरेन्टका आठ, सूचना केन्द्र एक, अटो कम्पनीका दुईलगायत स्टल रहनेछन् । बन्दीपुर गाउँपालिका संरक्षक रहेको महोत्सवको प्रवर्द्धकमा तनहुँ उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय रहेको छ ।

महोत्सवले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । भ्रमण वर्षका अवसरमा विविध कार्यक्रम गर्ने निर्णयबमोजिम महोत्सव गर्न लागिएको उहाँको भनाइ छ ।

भ्रमण वर्षलाई लक्षित गरी हरेक महिना गाउँपालिकाभित्र र बाहिर गरी दुई वटा कार्यक्रम गर्ने गरिएको उहाँको भनाइ छ । सोहीअनुसार गत भदौ १६ गते होटल एशोसिएसन बन्दीपुरको संयोजकत्वमा काठमाडौँमा बन्दीपुर प्रवर्द्धन कार्यक्रम गरिएको र त्यसले बन्दीपुरको पर्यटनलाई थप टेवा पुगेको उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker