ऐतिहासिक मैबलकोटमा सूर्योदयको मनमोहक दृश्य

तनहुँको भानु नगरपालिका–५ स्थित मैबलकोटबाट देखिएको सूर्योदयको दृष्य । बाइसे–चौबिसे राज्यकालमा सेनवंशीय राजाको दरबार रहेको ऐतिहासिक मैबलकोटबाट मनोरम कुहिरो, सूर्योदय र हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँस्थित मैबलकोट कालिका मन्दिर र भगेरथान धार्मिक आस्थाका केन्द्रसमेत हुन् । पृथ्वी राजमार्गको छिर्कनेबाट करिब ४.५ किलोमिटर ग्राभेल सडक हुँदै पुग्न सकिने यस क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा स्थानीयवासी जुटेका छन् । तस्विर : भञ्ज्याङ










