शिसाघाटमा निःशुल्क स्वास्थ्य शिविर

तनहुँको व्यास नगरपालिका-६ शिसाघाटमा बुधबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय । शहीद विष्णु जमरकट्टेल र स्व. तिलबहादुर शाहीको स्मृतिमा आयोजित शिविरको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शुभारम्भ गरेका थिए । विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा सञ्चालित शिविरबाट करिब पाँच सय जनाले उपचार सेवा लिइएको बताइएको छ । तस्विर : भञ्ज्याङ










